Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिचार्जरले प्रयोगकर्तालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

रिचार्जरले प्रयोगकर्तालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने


काठमाडौं ।
इ–कमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तीव्र बनिरहेका बेला अस्पताल अभाव भइरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्नेछ ।

२०७७ वैशाख १ गतेदेखि रिचार्जरबाट सामान खरिद गरेका सेवाग्राहीमा कोरोना संक्रमण देखिएको खण्डमा अस्पतालसम्म पुग्नका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था गरिएको रिचार्जरले जनाएको छ । सेवाग्राही आफैँले एम्बुलेन्स व्यवस्था गरेको खण्डमा अस्पतालका कागजातसहित रिचार्जरमा सम्पर्क गर्दा एम्बुलेन्समा लागेको खर्च रिचार्जरले उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । यसका साथै कोभिड प्रोटेक्टिभका सामानहरु ८० प्रतिशतसम्मको छुटमा घरमा निःशुल्क डेलिभरी हुने व्यवस्था रिचार्जरले गरेको छ । यसका लागि सेवाग्राहीले रिचार्जरको मोबाइल एपबाट सामान अर्डर गर्नुपर्ने हुन्छ ।

निषेधाज्ञाका बेला सामान किन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै रिचार्जरले विभिन्न बैंकका क्रेडिट कार्डवाहकहरुलाई तत्काल किस्ताबन्दीमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउनेछ । बैंकका क्रेडिट कार्डवाहकले रिचार्जरबाट सामान खरिद गरेर लकडाउनपछि उक्त रकमलाई किस्ताबन्दीमा रुपान्तरण गर्न सक्नेछन् । किस्ताबन्दीमा ग्याजेट्स किन्न चाहने तर क्रेडिट कार्ड नभएकाहरुले रिचार्जर एपमा दिइएको कोटेसन फिल अप गरेपछिका प्रक्रिया पूरा गर्न अनलाइनबाटै कागजात बुझाएर सामान अर्डर गर्न सक्नेछन् ।

ग्याजेट्स किन्दा विभिन्न बैंकको डिजिटल भुक्तानी प्रयोग गर्नेले १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् भने इ–सेवाबाट रकम भुक्तानी गर्नेले १५ प्रतिशतसम्म क्यास प्वाइन्ट रिडिम गरी सामान किन्न सक्नेछन् । रिचार्जरका नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरेर खाता सञ्चालन गर्दा एक हजार क्यास प्वाइन्ट पाउनेछन् । मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र विभिन्न सेवाको बिल भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइनेछ । यसरी प्राप्त क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा सदुपयोग गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया