Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनर्भिकद्वारा ४० प्रतिशत लाभांश घोषणा

नर्भिकद्वारा ४० प्रतिशत लाभांश घोषणा


काठमाडौं । साधारण सेयरको प्राथमिक निष्काशन (आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।

नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ ।

हाल नर्भिक अस्पतालको चुक्ता पुँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यकसहित ४ करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांश समेत बाँड्नेछ ।

घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । नर्भिक इन्टरनेशनल हस्पिटल दुई वर्षअघि पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x