सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक क्लोथ बैंक अभियानको थालनी भएको छ । जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल नेचासल्यान गाउँपालिका ३ ले शनिबार अभियानको थालनी गरेको हो । ‘हुनेले दिनुस् जरुरी हुनेले लिनुस्’ भन्ने मूलनाराका साथ सुरु भएको अभियानमा दुई सय ५० जनाले कपडा लिएको प्रतिष्ठानका महासचिव देवेन्द्र जमरकट्टेलले जानकारी दिए ।
जिल्लामै पहिलो पटक सुरु गर्नलागेको क्लोथ बैंकमा कपडा हुनेहरुले दान गर्न सक्नेछन् भने आवश्यक हुनेले लिनसक्ने प्रतिष्ठानले जनाएको छ । अभियानको पहिलो दिन स्थानीय रविलाल जमरकट्टेलले ७२ हजार तीन सय ५०, रमेश केसी जमरकट्टेल र राजु राउतले ३७ हजार दुई सय ७५ हजार रुपैयाँ बराबरको कपडा अभियानलाई सहयोग गरेका छन् । यस्तै उदयपुर कटारीका दिलदार हुसेनले ६५ थान, स्थानीय विनोद पुरूष भारद्वाजले १०० थान, गिता बास्तोलाले ८० थान, गोपाल बास्तोलाले २४ थान, छवि जमरकट्टेलले २० थान, राजेश जमरकट्टेलले १५ थान, रोहित आचार्य ३३ थान, सल्लेरीका शिव कार्कीले ८ थान, स्थानीय कमला खनालले ७ थान, रोहन राई १० र हेम भट्टराईले २७ थान कपडा सहयोग गरेको प्रतिष्ठानका महासचिव जमरकट्टेलले जानकारी दिए ।
निरन्तर चल्न यस अभियानलाई सहयोग गर्न चाहने र लाभ लिनेले प्रतिष्ठानलाई सम्पर्क गर्न सकिने जनाइएको छ । कतिपय नागरिकहरुसँग प्रशस्त कपडा भए पनि कतिपय अभावले समस्या झेल्न बाध्य भएकाले यो कदम चालिएको प्रतिष्ठानले जनाएको छ । उद्घाटन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद जमरकट्टेलको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बिना राईको प्रमुख आतिथ्यतामा नेचासल्यान ३ स्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको हो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया