Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडाबर नेपालद्वारा बाल स्वास्थ्य संस्थानलाई ३० लाख सहयोग

डाबर नेपालद्वारा बाल स्वास्थ्य संस्थानलाई ३० लाख सहयोग


काठमाडौं । डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यका साथ, डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थालाई उक्त रकम सहयोग गरेको हो ।

यस्तै कम्पनीले संस्थानसँग नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउन र स्वास्थ्य पूर्वाधार विस्तार गर्ने सम्झौता समेत गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पु-याउने उद्देश्यले कम्पनीले गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन संस्थानलाई सहयोग गरेको जनाएको छ । उक्त रकम कम्पनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक ईश्वरी राणा, नेपाल र म्यानमारका बिजनेस हेड एचएस बेदीले संयुक्त रुपमा संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका थिए ।

डाबर नेपाल, काठमाडौंको प्रांगणमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा डाबर नेपालका एचआर हेड अनिल पुरी र संस्थानका एडमिन कन्सल्टेन्ट मंदार शिखर ब्यानर्जी पनि उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया