Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोन्डा ‘एक्सचेन्ज र फाइनान्स मेला’

होन्डा ‘एक्सचेन्ज र फाइनान्स मेला’


काठमाडौं । होन्डा मोटर बाइकको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा ‘एक्सचेन्ज र फाइनान्स मेला’ सञ्चालनमा ल्याएको छ । आफ्नो पुरानो बाइकसँग होन्डाको कुनै पनि नयाँ बाइक साट्न पाइने यो मेलाबाट ग्राहकले अधिकतम लाभ लिइरहेको आयोजकको भनाइ छ ।

मेलामा पुरानो बाइकसँग होन्डाको कुनै पनि नयाँ बाइक साट्दा उच्च मूल्याङ्कन रकमका साथमा तुरुन्तै पाँच हजार रुपैयाँ एक्सचेन्ज बोनस पनि पाइनेछ । साथै, १० हजार रुपैयाँसम्मको आकर्षक ‘स्क्र्याच कुपन’ ले पनि धेरैभन्दा धेरै ग्राहक लाभान्वित भइरहेको कम्पनीको दाबी छ ।

यस होन्डा ‘एक्सचेन्ज र फाइनान्स मेला’मा, सस्तो अग्रिम भुक्तानी र निकै कम ब्याजदरमा नयाँ होन्डा खरिद पनि गर्न सकिन्छ । ‘होन्डा फाइनान्स’मार्फत मात्रै ५९ हजार नौ सय ९९ रुपैयाँको अग्रिम भुक्तानी र मात्रै एक प्रतिशतको ब्याजदरमा नयाँ होन्डा किन्न सकिने स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ । जुन एकदेखि सुरु भएको यस मेलाका योजनाहरूमा सहभागी हुन हाललाई काठमाडौंका होन्डा मोटरबाइकको सबै डिलरहरूमा सम्पर्क गर्न सकिने छ भने छिट्टै नै देशभर पनि लागु हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया