Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअब डिसहोममा नयाँ नेपाली चलचित्र हेर्न पाइने

अब डिसहोममा नयाँ नेपाली चलचित्र हेर्न पाइने


काठमाडौं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू अब डिसहोममै हेर्न पाइने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिसहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रेम गीत ३, छक्कापञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्णलीला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउजस्ता नयाँ र दर्शकले अत्यधिक रूचाएको चलचित्रहरू डिसहोम सिनेमाघर च्यानल नं. १०८ मा हेर्न सकिने छ । उक्त चलचित्रहरू दैनिक ८ सो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० बजे प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिसहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिसहोम विक्रेता वा डिलरदाइमार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । डिसहोमको यो प्रयासले सपरिवारसँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै, नेपाली चलचित्रप्रति दर्शकहरूको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया