मौद्रिक नीतिमा जोखिम भार ७५ प्रतिशत कायम गर्न आग्रह
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिमा जोखिम भार ७५ प्रतिशत कायम गर्न आग्रह गरेको छ । नाडाले आगामी मौद्रिक नीतिका सम्बन्धमा राष्ट्र बैंकलाई सुझाव दिँदै हाल विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेकोमा त्यस व्यवस्थालाई पुरानै अर्थात् ७५ प्रतिशत नै कायम गर्न अनुरोध गरेको हो ।
मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेकोे कारण बैंक तथा वित्तीय निकायहरूको तरलताको अवस्थामा सुधार भएपछि पनि यो क्षेत्रमा ऋण लगानी गर्ने अवस्था नरहेको हुँदा व्यवसायीलाई ठूलो मर्का पर्न गएको नाडाले जनाएको छ । सोही कारण सवारी साधनको आयातमा समेत कमी आई सरकारको राजस्वमा समेत नकारात्मक प्रभाव पर्न गएकोले जोखिम भारको व्यवस्थालाई पुरानै कायम गर्नुपर्ने नाडाको भनाइ छ । नाडाका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेटी आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि लिखित सुझावहरूसमेत पेस गरेको थियो । उक्त लिखित सुझावमा नेपालको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन बैकबाट निजी सवारीको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा ऋण र मूल्यको अनुपात हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ८० प्रतिशत पु-याउने व्यवस्थाका लागि आग्रह गरिएको छ ।
त्यसैगरी चालू पुँजी कर्जा निर्देशिकामा रहेको व्यवस्थाअनुसार चैत्र मसान्तसम्म साँवा र ब्याज बुझाएका व्यवसायीलाई ब्याज र किस्ता बुझाउने समय थपका लागि गत बजेटमा कुरा आएको हुँदा उक्त समयभित्र साँवा र ब्याज तिर्न नसकेका व्यवसायीलाई समेत सो समय थप गरी दिने व्यवस्था गर्न नाडाले माग गरेको छ । यस्तै, दुई करोडभन्दा माथिको व्यवसायमा कुल कारोबारको २५ प्रतिशत मात्रै बैंकबाट लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पुनरावलोकनका लागि समेत अनुरोध गरिएको छ । यस्तै, नाडाले व्यवसायीले डीओ पाएर नामसारी र सवारीहरूको डेलिबरी गरेपछि बैंकहरूले भुक्तानी गर्ने समयावधि तोकिनुपर्ने र यसका लागि हप्ता दिनभित्र भुक्तानी हुने व्यवस्थाका गर्न आग्रह गरेको छ । उल्लेखित सुझावहरूको सम्बोधन भएमा नेपालको अटोमोबाइल व्यवसाय चलायमान हुने र त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव देशको राजस्वमा पनि पर्ने नाडाको दाबी छ ।
नाडाका अध्यक्ष थापाले विगतमा नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरू व्यवसायीलाई अप्रिय लागेको भए पनि उक्त नीति निर्देशनका कारण देशको वर्तमान आर्थिक परिदृश्यमा सकारात्मक प्रभाव पार्दै लगेको बताए । यस्तै, भेटमा गर्भनर अधिकारीले नाडाको सुझावप्रति राष्ट्र बैंक सकारात्मक रहेको र आउँदो मौद्रिक नीतिबाट नेपालको अटोमोबाइल क्षेत्रले सहजता महसुस गर्ने व्यवसायीलाई विश्वास दिलाएका थिए ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया