सांग्रिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले सोमबार बिहान ७ बजे कामपा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाइ गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।
यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको उत्साहपूर्ण सहभागिता रहेको थियो । मन्दिर परिसरको सरसफाइपश्चात् बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंको प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत तिलगंगा आँखा अस्पताललाई दुई लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराइएको थियो । वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष उज्ज्वल सत्याललगायत बैंकका सञ्चालकहरू तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अस्पतालले प्राप्त गरेको सो रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गरेकी थिइन् । यसका साथै बैंकको वार्षिकोत्सवकै अवसर पारेर केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौं र नेपालगञ्ज क्लष्टर कार्यालयमा गरी जम्मा एक सय ३२ जनाले रक्तदान समेत गरेका थिए । कार्यक्रममा बैंकमा पाँच वर्षभन्दा बढी अवधि काम गरेका कर्मचारीहरूलाई एक्सिलेन्स अवार्ड वितरण समेत गरिएको थियो । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बैंकको १९ औँ वार्षिकोत्सवले थप उर्जा प्रदान गरेको र आगामी दिनहरूमा पनि बैंक परिवारले मिलेर थप मिहिनेतका साथ बैंकलाई उचाइमा पु-याउने विश्वास व्यक्त गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया