आठ खर्ब ७६ अर्बमा खुम्चियो चालू पुँजी कर्जा
काठमाडौं । अर्थतन्त्रमा आएको मन्दीको असर बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालू पुँजी कर्जामा पनि परेको छ । मन्दीले आर्थिक गतिविधि न्यून हुँदा नयाँ उद्योग व्यवसाय सञ्चालनमा कमी आएको छ । सोही कारण उद्योग व्यवसाय सञ्चालनको लागि लिइने चालू पुँजी शीर्षकको कर्जामा कमी आएको हो ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार गत भदौ मसान्तसम्म चालू पुँजी शीर्षकमा आठ खर्ब ७६ अर्ब २० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक खर्ब ५० अर्ब १७ करोड ७० लाख रुपैयाँले कम हो । गतवर्ष भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले चालू पुँजी शीर्षकमा १० खर्ब २६ अर्ब ३८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
सो अवधिमा बैैंकिङ क्षेत्रको कुल कर्जा ४७ खर्ब ४८ अर्ब ५१ करोड ९० लाख रुपैयाँ थियो । चालू आर्थिक वर्षको भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह बढेर ४९ खर्ब सात अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
गत भदौसम्म वाणिज्य बैंकहरुले कुल ४३ खर्ब ४३ अर्ब ६३ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चालू पुँजी शीर्षकमा आठ खर्ब ४७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ कर्जा दिएका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक खर्ब ५४ अर्ब ३१ करोड १५ लाख रुपैयाँले कम हो । गतवर्ष भदौसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब छ अर्ब २५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चालू पुँजी शीर्षकमा १० खर्ब दुई अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
चालू आर्थिक वर्षको भदौ मसान्तसम्म विकास बैंकहरुले चार खर्ब ७१ अर्ब ४० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चालू पुँजी शीर्षकमा २२ अर्ब २१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार अर्ब ३६ करोड ६० लाख रुपैयाँले बढी हो । गतवर्ष भदौसम्म विकास बैंकहरुले चार खर्ब ५० अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चालू पुँजी शीर्षकमा १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरुले पनि चालू आर्थिक वर्षको भदौ मसान्तसम्म ९२ अर्ब १४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चालू पुँजी शीर्षकमा छ अर्ब १३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ करोड ७० लाख रुपैयाँले कम हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले ९१ अर्ब ८३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चालू पुँजी शीर्षकमा मात्र प्रवाह गरेको कर्जा छ अर्ब ३५ करोड ९० लाख रुपैयाँ थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया