Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगभर्नर अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश

गभर्नर अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश


काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

आन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुबै पक्षलाई झिकाउने आदेश भएको छ । रिट निवेदकमध्येका अधिवक्ता दीपकराज जोशीका अनुसार अहिलेसम्म आदेश आइनसकेकाले अर्को सुनुवाइको मिति थाहा भइसकेको छैन । रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकीर गर्दै नियुक्ति बदरको माग गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया