Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूको निक्षेप ६१ खर्ब ७५ अर्ब

बैंकहरूको निक्षेप ६१ खर्ब ७५ अर्ब


काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप करिब ६२ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय प्रणालीमा अहिले ६१ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप कायम छ । आर्थिक मन्दीका कारण उपभोक्ता माग घटेपछि व्यापार व्यवसाय र उत्पादन क्षेत्रमा कम लगानी भइरहेको छ । यी क्षेत्रमा ऋणको माग पनि घटेर गएको छ । मानिसहरूले बैंकमा निक्षेप राखेर ब्याज खाने प्रवृत्ति बढ्दा बैंकिङ निक्षेप बढेको बैंकहरू बताउँछन् ।

बैंकिङ प्रणालीमा रहेको ६१ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेपमध्ये वाणिज्य बैंकहरूसँग ५४ खर्ब ६२ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरूसँग सात खर्ब १२ अर्ब रुपैयाँ निक्षेप छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा भने ५० खर्ब ८८ अर्ब रुपैयाँ छ । यसमध्ये वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा ४५ खर्ब एक अर्ब रुपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले पाँच खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकिङ प्रणालीमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ९९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउँछन् । यस आधारमा बैंक तथा वित्तीय संस्थासँग चार खर्ब ६९ अर्ब ५० करोड रुपैयाँ थप ऋण प्रवाह गर्नसक्ने क्षमता छ ।

बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबारको ब्याजदर दुई दशमलव ७७ प्रतिशत कायम छ । यस आर्थिक वर्षकोे आठ महिनामा बैंकहरूको निक्षेप चार खर्ब पाँच अर्ब रुपैयाँ बढेको छ । यस्तै, बैंकहरूको कर्जा लगानी दुई खर्ब नौ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको अन्तिममा बैंक तथा वित्तीय संस्थाले ५७ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमध्ये चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव दुई प्रतिशत, २७ दशमलव चार प्रतिशत र ५९ दशमलव आठ प्रतिशत छ । यस्तै बैंकिङ क्षेत्रको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव चार प्रतिशत छ । २०७९ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत थियो । गतवर्षको तुलनामा संस्थागत निक्षेपको अंश यसवर्ष केही घटेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा चार दशमलव एक प्रतिशत अर्थात् एक खर्ब ९७ अर्ब २१ करोड रुपैयाँले बढेको छ । गतवर्ष माघमा यस्तो कर्जा एक खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ थियो । वार्षिक विन्दुगत आधारमा २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा चार दशमलव सात प्रतिशतले बढेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया