Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआज पुनः १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

आज पुनः १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत पाँच गते अर्थात् आज सोमबार पुन १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म पुरानो ट्रेजरी बिलको नवीकरणमार्फत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही फागुन २७ गते पनि राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति चैत छ गते अर्थात् मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरू क्रमशः २८ दिन अवधिको पाँच अर्ब, एक सय ८२ दिन अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिन अवधिको नौ अर्ब रुपैयाँ बराबरको रहेको छ । जसमध्ये २८ दिन अवधिको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०८१ वैशाख चार गते, एक सय दिन अवधिको ट्रेजरीको परिपक्व हुने अवधि २०८१ असोज एक गते र तीन सय ६४ दिन अवधिको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०८१ चैत चार गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुने सबै ट्रेजरी बिलहरू पुरानो नवीकरणअन्तर्गतका रहेका छन् । यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिन अवधिको आठ अर्ब, ९१ दिन अवधिको आठ अर्ब ५० करोड र तीन सय ६४ दिन अवधिको पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया