Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तको २२औं साधारणसभा

डिप्रोक्स लघुवित्तको २२औं साधारणसभा


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले यही चैत्र २५ गते आइतबार चितवनको सौराहामा आफ्नो २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आव २०७९/८०को वार्षिक प्रतिवेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरूसँगै सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयरपश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब ७० करोड ६१ लाख ९६ हजार पुगेको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २२औं वार्षिक साधारणसभामा आव २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्षले स्पष्ट पारेका थिए । साथै, सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ७३ जिल्लामा एक सय ५६ शाखा कार्यालय मार्फत दुई लाख ६६ हजार घर परिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया