Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १४ सय आठ बिन्दुमा

बजार परिसूचक १४ सय आठ बिन्दुमा


काठमाडौं, साउन ३२
यस साता सेयर बजार परिसूचक १४ सय आठ दशमलव ७९ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई सय ९३ दशमलव ५८ अंकमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७५ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार एक लाख ३२ हजार छ सय ८० वटा कारोबारमा एक करोड ७४ लाख ७२ हजार चार सय ५४ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम पाँच अर्ब ८० करोड ६० लाख ३५ हजार तीन सय ६३ रुपैयाँ पुुगेको छ ।

कारोबार रकम गत साताको तुुलनामा सामान्यरूपमा बढी हो । गत भने साता धितोपत्र बजारमा एक सय ७४ कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार ८५ हजार छ सयवटा कारोबारमा एक करोड ५७ लाख ९३ हजार नौ सय ७० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम पाँच अर्ब २८ करोड ६४ लाख ५५ हजार पाँच सय ६५ रुपैयाँ पुुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । सोमध्ये पहिलो, दोस्रो र चौथौ दिन बजार परिसूचक उकालो लागेको थियो तेस्रो र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक ११ दशमलव तीन अंकले उकालो लागेर १३ सय ९२ दशमलव ६८ अंकमा चढेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४६ अंकले उकालो लागेर दुुई सय ९१ दशमलव दुुई अंकमा चढेको थियो ।

दोस्रो दिन पनि बजार परिसूचक ३७ दशमलव ७४ अंकले उकालो लागेर १४ सय ३० दशमलव ४१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६३ अंकले उकालो लागेर दुुई सय ९८ दशमलव ६४ अंकमा चढेको थियो । तेस्रो दिन भने बजार परिसूचक छ दशमलव ६१ अंकले ओरालो लागेर १४ सय २३ दशमलव ८१ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३८ अंकले ओरालो लागेर दुुई सय ९७ दशमलव २७ अंकमा झरेको थियो ।

चौथो कारोबार दिन भने बजार परिसूचक एक दशमलव ५१ अंकले उकालो लागेर १४ सय २५ दशमलव ३२ अंकमा चढेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य दुुई अंकले उकालो लागेर दुुई सय ९७ दशमलव २९ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव ५३ अंकले ओरालो लागेर १४ सय आठ दशमलव ७९ अंकमा झरेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४५ अंकले ओरालो लागेर दुुई सय ९३ दशमलव ८४ अंकमा झरेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, अजोड इन्स्योरेन्स कम्पनी आदि परेका छन् । कारोबार भएको सेयर संख्याको आधारमा पनि यस साता नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स कम्पनी, नेपाल बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x