Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको नाफा तीन अर्ब १२ करोड

एनआईसी एसिया बैंकको नाफा तीन अर्ब १२ करोड


काठमाडौं, साउन ३२
एनआईसी एसिया बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा तीन अर्ब १२ करोड १४ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब दुई करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब ७१ करोड ७६ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा दुुई खर्ब एक अर्ब ६३ करोड तीन लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६० अर्ब १८ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात अर्ब ६० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा एक अर्ब ४४ करोड सात लाख ३४ हजार रुपैयाँ रहेको छ । यस अवधिमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ७५ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने चार दशमलव ३९ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ७१ अर्ब ४२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब ५७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

बैकको सबैक्षेत्रमा गरी तीन सय २६ शाखा कार्यालयहरू, चार सय ६६ एटीएम, एक सय दुुईवटा एक्स्टेन्सन काउन्टर एवं ६४ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब एक अर्ब ८७ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x