Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसहकारी बैंकको नाफा करिब ३७ प्रतिशतले वृद्धि

सहकारी बैंकको नाफा करिब ३७ प्रतिशतले वृद्धि


काठमाडौं, भदौ १
कोरोना कहरबीचमा पनि राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ । बैंकले गत आर्थिक वर्षमा करिब ३७ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ६९ प्रतिशतले बढी हो ।

बैंकले प्रकाशित गरेको लेखापरीक्षण नभएको वित्तीय विवरणअनुसार सेयरपुँजी दुई अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको बैंकको जगेडा कोषमा एक अर्ब चार करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ, बैंकको खराब कर्जा १ दशमलब ३४ प्रतिशतबाट घटेर शून्य दशमलव ७० प्रतिशतमा रहेको छ । बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा एक अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो ।

हालसम्म गत आवको चौथो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंक र विकास बैंकहरूमध्ये राष्ट्रिय सहकारी बैंकको नाफा वाणिज्य बैंकमा सिभिल बैंकको भन्दा बढी छ भने विकास बैंकहरू कसैको नाफा राष्ट्रिय सहकारी बैंकको भन्दा बढी छैन । ७७ जिल्लाका सबैखाले सहकारी संघसंस्थाहरू सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघसंस्था सदस्य रहेका छन् । बैंकले ४६ अर्ब ८८ करोड बचत संकलन गर्दै २६ अर्ब ६९ करोड कर्जा लगानी गरेको छ


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x