Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेको साथ

भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेको साथ


विराटनगर, भदौ १
नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभियानमा फोनपे पेमेन्ट सर्भिस लिमिटेडले साथ दिएको छ । यस अभियानअन्तर्गत अबदेखि फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार एक रुपैयाँ छुट्याइनेछ । यसरी छुट्याइएको रकम नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यले आफ्नो अभियान सञ्चालन गरिरहेको छ । हरेक कारोबारमा एक रुपैयाँ छुट्याउने सम्झौताको सम्झौतापत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र भेन्टिलेटर बैंकका तर्फबाट बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठले हस्ताक्षर गरेका छन् । यो योजना भदौ १ गतेदेखि एक महिनासम्म लागू हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x