Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ क्षेत्रको निक्षेप र कर्जा प्रवाह दुवैमा सुधार

बैंकिङ क्षेत्रको निक्षेप र कर्जा प्रवाह दुवैमा सुधार


काठमाडौं ।
बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाह दुुवैमा सुधार आएको छ । यसअघि लकडाउन तथा निषेधाज्ञाका कारण बैैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाह दुुवैमा संकुुचन आएको थियो । तर पछिल्लो समय निषेधाज्ञा खुलेसँगै आर्थिक क्रियाकलाप पनि बढेपछि निक्षेप तथा कर्जा दुुवैमा सुधार आएको हो । राष्ट्र बैंकका अनुसार भदौको अन्तिमदेखि यही असोज ९ गतेसम्म वाणिज्य बैंकहरुको कुुल निक्षेप ३७ अर्ब रुपैयाँले बढेको छ भने कुल कर्जा रकम २५ अर्ब रुपैयाँले बढेको छ ।

यस अवधिसम्ममा वाणिज्य बैंकहरुको कुुल निक्षेप ३५ खर्ब ३२ अर्ब रुपैयाँ पुुगेको छ भने कुुल कर्जा रकम २९ खर्ब २९ अर्ब रुपैयाँको हाराहारीमा पुुगेको छ । चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा भने वाणिज्य बैंकहरुको कुुल निक्षेप ३४ खर्ब ८० अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको थियो । सो अवधिमा वाणिज्य बैंकहरुले २८ खर्ब ८६ अर्ब ४० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप शून्य दशमलव एक प्रतिशतले घटेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रण तथा रोकथामको लागि गरिएको निषेधाज्ञा यस अवधिमा कायम नै रहेका कारण बैंकहरुको निक्षेप तथा कर्जा दुुवै घटेका थिए । कोभिड १९ कारण उत्पन्न भएको असहज परिस्थितिका कारण आम सर्वसाधारणको आम्दानीको स्रोत कमजोर भएपछि बैैंकिङ क्षेत्रको निक्षेप पनि कमजोर भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप शून्य दशमलव चार प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार २०७७ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३२ दशमलव दुुई प्रतिशत र ५० दशमलव छ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव नौ प्रतिशत, ३२ दशमलव नौ प्रतिशत र ४८ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३ दशमलव आठ प्रतिशत रहेको छ । २०७६ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव सात प्रतिशत रहेको थियो । चालू आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि शून्य दशमलव पाँच प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १० दशमलव आठ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह शून्य दशमलव छ प्रतिशतले र फाइनान्स कम्पनीहरुको तीन दशमलव एक प्रतिशतले घटेको छ । यस अवधिमा विकास बैंकहरुको कर्जा प्रवाह भने शून्य दशमलव नौ प्रतिशतले बढेको छ ।

यसैगरी २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव एम प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव सात प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७६ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव एक प्रतिशत र १३ दशमलव छ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७÷०७८ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा एक दशमलव आठ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा एक दशमलव चार प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक दशमलव छ प्रतिशतले घटेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा निर्माण क्षेत्रतर्फको कर्जा शून्य दशमलव दुुई प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुुई दशमलव तीन प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा एक दशमलव चार प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा शून्य दशमलव पाँच प्रतिशतले, रियल स्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घर कर्जा शून्य दशमलव एक प्रतिशतले र मार्जिन प्रकृति कर्जा शून्य दशमलव तीन प्रतिशतले बढेको छ । यस अवधिमा ओभरड्राफ्ट कर्जा दुुई दशमलव दुुई प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा नौ प्रतिशतले र हायर पर्चेज कर्जा एक दशमलव चार प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया