Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १६ सय ४८ अंकमा

बजार परिसूचक १६ सय ४८ अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक सकारात्मक दिशामा गएको छ । साताको पहिलो कारोबार दिन आइतबार नै बजार परिसूचक १२ दशमलव ४९ अंंकले उकालो लागेर १६ सय ४८ दशमलव ५८ अंकमा चढेको छ । यसदिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५७ अंकले उकालो लागेर तीन सय २५ दशमलव ९४ अंकमा चढेको छ । यसदिन कुुल एक सय ९८ वटा कम्पनीहरूको ४१ हजार सात सय ६७ पटक सेयर किनबेच भएको छ । यसबाट एक करोड आठ लाख ६३ हजार चार सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा तनि अर्ब ५२ करोड ६७ लाख ७७ हजार दुुई सय ६१ रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव १६ अंकले ओरालो लागेर १३ सय दशमलव ३७ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि छ दशमलवग ७६ अंकले ओरालो लागेर दुुई हजार ९९ दशमलव २७ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक भने ३० दशमलव ५९ अंकले उकालो लागेर १४ सय ६३ दशमलव दुुई अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि १० दशमलव ८५ अंकले उकालो लागेर दुुई हजार छ सय ६६ दशमलव २७ अंकमा चढेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि १८ दशमलव ७९ अंकले उकालो लागेर आठ हजार दुई सय नौ दशमलव २८ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ८६ दशमलव ९३ अंकले उकालो लागेर नौ हजार सात सय ९२ दशमलव छ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक सय पाँच दशमलव १९, २७ दशमलव ७५, चार दशमलव २७, एक सय २२ दशमलव ६८, २८ दशमलव ४५ र शून्य दशमलव १५ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर २१ सय ६१ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य पनि नौ दशमलव ९५ प्रतिशतले बढेर चार हजार दुई सय ७५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक लक्ष्मी उन्नति कोष, कालिका पावर लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य तीन दशमलव ५७ प्रतिशतले घटेर दुुई सय ७० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिभिल लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि दुुई दशमलव ७६ प्रतिशतले घटेर सात सय पाँच रुपैयाँमा किनबेच भएको छ । यीबाहेक गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता आठ सय ९४ रुपैयाँ अन्तिम मूल्यमा २५ करोड ९२ लाख दुुई हजार चार सय ८२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको पनि प्रतिकित्ता २१ सय ६१ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ९६ लाख ८१ हजार छ सय ६३ रुपैयाँको कारोबार भएको छ । यीबाहेक बैंक अफ काठमाडौँ, शिवम् सिमेन्ट आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया