Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानुषी लघुवित्तको नाफा ४६ लाख ५५ हजार रुपैयाँले ऋणात्मक

मानुषी लघुवित्तको नाफा ४६ लाख ५५ हजार रुपैयाँले ऋणात्मक


काठमाडौं ।
मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक ४६ लाख ५५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४९ लाख २३ हजार रुपैयाँ रहेको थियो । हाल चुुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ५९ रकोड ८६ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ करोड ५५ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन करोड ८३ लाख ९८ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थामा १३ दशमलव तीन प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ५० करोड ९९ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८० करोड ६७ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ८८ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया