Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनाडेप लघुवित्तको दोस्रो त्रैमासिक नाफा १० करोड

नाडेप लघुवित्तको दोस्रो त्रैमासिक नाफा १० करोड


काठमाडौं  ।
नाडेप लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १० करोड ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड १९ लाख २४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४५ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड चार लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा २५ करोड ६२ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३१ लाख ६८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव १९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३१ करोड नौ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १४ करोड २० लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ७६ लाख ४१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया