Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाना किसान लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक नाफा ३१ करोड ७३ लाख

साना किसान लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक नाफा ३१ करोड ७३ लाख


काठमाडौं  ।
साना किसान लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३१ करोड ७३ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ३० करोड १७ लाख पाँच हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब २५ करोड दुई लाख ८६ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा २१ अर्ब सात करोड छ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ६० करोड ५६ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड ९८ लाख ९८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ९७ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले २१ अर्ब १५ करोड ४६ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा ५३ करोड ८८ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा चार करोड १६ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया