Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ

सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ


काठमाडौँ  ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दीर्घजीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ आज एक कार्यक्रमकाबीच इन्स्योरेन्सले योयोजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गरेका हुन् । यस योजनामा बीमीतको उमेर चौरासी वर्षपुग्दासम्म रक्षावरण गर्नेछ भने ‘सूर्या चौरासी पूजा’ बीमा योजनाले बीमांकको दुई सय ५० प्रतिशतसम्म बीमा कभर प्रदान गर्नेछ ।

साथै बीमितले बीमा शुल्क भुक्तानी अवधिपश्चात् एकमुष्ट आर्जित बोनस प्राप्त गर्नुका साथै सोपश्चात् निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमांकको छ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ । अन्नततः बीमितको उमेर ८३ पूरा भई ८४ मा प्रवेश गर्दा बीमितलाई बीमांकको एक सय ५० प्रतिशत रकम बीमाबापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवकारूपमा धुमधामका साथ मनाउन सक्नेछन् ।

सूर्या चौरासी पूजा, बीमा योजना १६ वर्षदेखि ६० वर्षसम्म उमेरका व्यक्तिहरूले १० देखि ५० वर्षसम्म बीमा शुल्क भुक्तानी अवधिका लागि खरिद गर्न सक्नेछन् । न्यूनतम एक लाख रुपैयाँ बीमांक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधिभर बीमा सर्मपण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले सूर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिएका छन् ।

साथै उनले आगामी दिनमा यस योजनाले वृद्ध, वृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए । जोशीले चौरासी पूजा के हो ? कस्तो हो भन्ने विषयमा जोशीले प्रकाश पारेका थिए । यस्तै कार्यक्रममा सूर्या लाइफ इन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत कम्पनीका सीओ कमलकुमार खतिवडाले स्वागत गर्नुका साथै ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजनाका बारेमा प्रकाश पारेका थिए । प्रमुख खतिवडाले आगामी दिनमा यो योजनामा आफूहरू सधैँ प्रयत्नशील रहने बताए । विगतका कार्यलाई आत्मासात् गर्दै अगाडि बढ्ने दृढता पनि उनले व्यक्त गरे ।

यस्तै कम्पनीका संस्थापक सेयरधनी विवेक झाले यो बीमा योजना करिब ५ वर्षदेखि सञ्चालनमा रहेको र दुई वर्षपछि मात्रै यसमा केही परिवर्तन आएको बताए । अब यस बीमा योजनाले भविष्यमा ठूलो फड्को मार्ने उनले बताए । बीमा बजारमा अरुको पछाडि नलागेर आफैँ दिन र लिन सक्ने वातावरण नभएको बताउँदै उनले यस्तो वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निडअनुसारमा बीमा बजारमा ल्याउन जरुरी छ, जुन प्रोडक्ट आफैँलाई किनौँ–किनौँ लाग्छ त्यो बीमा नै बिक्छ ।’ साथै कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान समेत गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत निःसहाय सेवा प्रदान, शान्तिनगरलाई तीन दिनको खर्चबराबरको रकम सहयोग समेत गरेको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम शताब्दी पुरुष सत्यमोहन जोशी, कम्पनीका ब्रान्ड एम्बेसडर गायिका इन्दिरा जोशी, कम्पनीका संस्थापक सेयरधनी विवेक झा, कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्तरूपमा सूर्या चौरासी पूजा बीमा योजनाको अनावरण गरेका थिए । कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, कम्पनीका संस्थापक सेयरधनी, निमित्त प्रमुख कार्यकारी पवनकुमार खड्कालगायत विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया