Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकका ग्राहकहरूलाई किङ्स लाउन्जमा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकहरूलाई किङ्स लाउन्जमा विशेष छुट


काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित किङ्स लाउन्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । किङ्स लाउन्जसँगको यो सहकार्यपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । साथै बैंकले हालैमा यूएसडी इकम कार्डको सुरुवात गरेको छ जसअन्तर्गत ग्राहकहरूले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी वार्षिक पाँच सय अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी लोड गरिएको रकम विदेशी मुद्रामा अनलाइनमार्फत वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्न प्रयोग गर्न सक्नेछन् ।

बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय ६७ वटा शाखा, एक सय १३ वटा एटीएम र एक सय सातवटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बंैकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । यसप्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया