Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकद्वारा नयाँ वर्षको अफर सार्वजनिक

एनएमबी बैंकद्वारा नयाँ वर्षको अफर सार्वजनिक


काठमाडौं ।
एनएमबी बैंकले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहककेन्द्रित नयाँ योजना प्रस्तुत गर्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै विभिन्न ब्राण्डेड स्टोरहरूमा सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसँग द्विपक्षीय समझदारी भएको जनाएको छ । उक्त छुटहरूको लागि बैंकले दराजसँग सहकार्य गरेको छ । जसमा एनएमबीका डेविट कार्डधारक ग्राहकहरूले दराज एपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा एक हजार रूपैयाँसम्म र क्रेडिट कार्ड धारक ग्राहकहरूले २० प्रतिशत वा १५ सय रूपैयाँसम्म छुट पाउनेछन् ।

हालको प्रदूषण र कोभिडको परिवेशलाई समेत मध्यनजर गदै बैंकले भिसा कार्ड प्रयोगकर्ताको संख्या उल्लेख्य वृद्धि गर्ने तथा समुदायस्तरमा सर्वसाधारण सबैले मूलधारको बैंकिङ महसुस गराउने माध्यमको रूपमा आफूलाई उभ्याएको छ । बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरूसँग सहकार्य गदै लैजाने जनाएको छ । छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइड र एनएमबी भिसा डिसकाउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ८० शाखा, एक सय ३६ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया