Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसुचक २७ सय ३५ अंकमा

सेयर बजार परिसुचक २७ सय ३५ अंकमा

२० अंकले बजार उकालो लाग्दा आठ अर्ब ६३ करोडको सेयर किनबेच


काठमाडौँ ।
सेयर बजार परिसुुचक उच्च बिन्दुुमा पुुगेको छ । नयाँ बर्षको पहिलो कारोवार दिन आज बिहिबार बजार परिसुचक २० दसमलव ६७ अंकले उकालो लागेर २७ सय ३५ दसमलव ४६ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव १७ अंकले उकालो लागेर चार सय ९२ दसमलव ४४ अंकमा पुुगेको छ । आज १३ वटा उपसमुह अन्र्तगत दुुई सय १८ वटा कम्पनीहरुको कारोवार भएकाछन । जसबाट ९५ हजार सात सय ३७ पटको कारोवारमा एक करोड ९० लाख २० हजार पाँच सय २८ कित्ता सेयर किनबेच भएकाछन ।

उक्त परिमाणमा सेयर किनबेच हुुंदा आज कुुल कारोवार रकम आठ अर्ब ६३ करोड ६६ लाख ६८ हजार छ सय ५९ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहको कारोवार भएकाछन । ति मध्ये टे«डिङ र जलबिद्युुत उपसमुहको सुचकहरु घटेर बाँणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेकाछन ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया