Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल लघुवित्तद्वारा एकैसाथ सातवटा शाखा विस्तार

सिभिल लघुवित्तद्वारा एकैसाथ सातवटा शाखा विस्तार


काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी)ले एकै साथ थप सातवटा शाखा कार्यालयहरू विस्तार गरेको छ । लघुवित्त वित्तीय संस्थाको न्यून उपस्थिति रहेका स्थानहरूलाई समेटी क्रमशः झापा जिल्लाको धाइजन, मोरङको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ र कपिलवस्तुको बहादुरगञ्जमा नयाँ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरूबाट सेवा प्रदान गर्दै आइरहेकोमा अब ६२ वटा शाखा कार्यालयहरूमार्फत लघु वित्तीय सेवाहरू प्रदान गर्नेछ ।

संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्न वर्गका व्यक्तिहरूलाई संस्थाको सदस्यता दिई विनाधितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आबद्ध हुननसकेका व्यक्तिहरूलाई समेत स्वीकारयोग्य धितो लिई सरल तरिकाबाट वित्तीय पहुँच पु-याउँदै आइरहेको छ । साथै, संस्थाले लघु बचत, लघु बीमा, विप्रेषण सेवाहरू उपलब्ध गराउँदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरताजस्ता गैरवित्तीय सेवाहरू समेत उपलव्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया