Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारभिजन सेक्युरिटिजको शाखा कावासोतीमा

भिजन सेक्युरिटिजको शाखा कावासोतीमा


काठमाडौं ।
भिजन सेक्युरिटिज प्रालिले नवलपुरको कावासोतीमा पनि शाखा खोलेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले उक्त शाखाको उद्घाटन गरेका हुुन् । सो क्रममा उलले धितोपत्र दलाल व्यवासायीको शाखा विस्तारले पुँजी बजारको पहुँच विस्तारमा थप टेवा पु-याउने बताए ।

उनले धितोपत्रको प्राथमिक बजारको सेवालाई देशव्यापी बनाइसकेपछि अब हामी दोस्रो बजारका सेवाहरू समेत देशव्यापी बनाउने क्रममा रहेको बताए । यस कार्यले देशका कुनाकाप्चाबाट सर्वसाधारणले सेयर खरिद गर्ने तर सो सेयर बिक्रीका लागि दोस्रो बजार सेवा स्थानीय तहमा उपलब्ध नहुँदा सर्वसाधारणले भोग्नुपरेको समस्याको समाधान हुने उनको भनाइ थियो ।

मन्तव्यकै क्रममा उनले शाखा कार्यालय विस्तारमार्फत एकातिर संघीयताको सिद्धान्तअनुरूप पुँजी बजार स्थानीय तहसम्म विस्तार हुँदा स्थानीयस्तरको पुँजी परिचालन हुने र देशको आर्थिक विकास तथा रोजगारी वृद्धिमा स्थानीय समेत प्रत्यक्षरूपमा सहभागी हुन पाउने वातावरण बन्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले पछिल्लो समय विशेषगरी २०७७ साल नेपालको पुँजी बजारको लागि ऐतिहासिक वर्षको रूपमा रहनगएको बताउँदै धितोपत्रको प्राथमिक निष्काशन, कारोबार रकम, बजार पुँजीकरण, नेप्से सूचकांकका साथै लगानीकर्ताको संख्याजस्ता परिसूचकहरूको आधारमा २०७७ साल हाम्रो लागि विशेष रहनगएको बताए ।

विभिन्न प्राविधिक तथा नीतिगत सुधारसँगै एउटै आईपीओमा १८ लाखभन्दा बढी लगानीकर्ताहरू सहभागी हुने अवस्थाको सिर्जना भएको बताउँदै बोर्डले पछिल्लो समय बजारको सुधार तथा विकास विस्तारका लागि गरेका विभिन्न पहलहरूको समेत जानकारी दिए ।

अध्यक्ष ढुंगानाले हालको उपलब्धिको जगेर्ना गर्दै पुँजी बजारको क्षेत्र र दायरा थप विस्तार गर्नुपर्ने चुनौती रहेको बताउँदै २०७८ सालमा बोर्ड नेपालको धितोपत्र बजारमा नयाँ आयाम थप्नेगरी अघि बढिरहेको बताए । उनले यो वर्ष हामी कारोबार प्रणालीको प्राविधिक सुधार एवं ‘टि प्लस टुु’को प्रभावकारी कार्यान्वयन, थप लगानी उपकरणको व्यवस्था, गतिशील एवं प्रभावकारी ऋणपत्र बजार सञ्चालन, ओटिसी बजारको यान्त्रिकीकरणलगायतका विषयहरूलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिए ।

मन्तव्यकै क्रममा उनले चालू आवमा नै प्राइभेट इक्विटी, भेञ्चर क्यापिटलजस्ता विशिष्टीकृत लगानी कोषहरूको सञ्चालन गर्ने अवस्थामा रहेका छौँ भने लामो समयदेखि प्रक्रियागत अष्पस्टताका कारण अन्योलमा रहेको वस्तु विनिमय बजारको सञ्चालन अनुमति दिने प्रक्रिया यही आवमा टुंगोमा पु¥याउने लक्ष्यका साथ तीव्र गतिमा कार्य भइरहेको बताए ।

कार्यक्रममा अध्यक्ष ढुंगानाले सर्वसाधारण लगानीकर्ताको सिधा र नजिकको सम्बन्ध ब्रोकरसँग रहने हुनाले ब्रोकरले दिने सेवा, व्यवहारमा समग्र पुँजी बजारको चित्र प्रतिबिम्बित हुने भएकोले ब्रोकरले उत्कृष्ट व्यावसायिक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले ब्रोकरको पुँजीगत क्षमता अभिवृद्धि, व्यावसायिकता अभिवृद्धिका साथै कार्यक्षेत्र विस्तारलाई बोर्डले प्राथमिकतामा राखेको समेत जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया