एनआईसी एसिया लघुवित्तको तेस्रो त्रैमासिक नाफा ४२ करोड ७२ लाख
काठमाडौं ।
एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४२ करोड ७२ लाख चार हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १२ करोड २७ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ७६ करोड ६१ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८८ करोड ४२ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४९ प्रतिशत रहेको छ ।
गत
आवको सोही अवधिमा भने संस्थाले एक अर्ब एक करोड ३८ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब २२ करोड ८२ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ११ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ३२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- स्वास्थ्य सेवा बिस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरेको छ: प्रधानमन्त्री
- पृथ्वीसँग सौर्य आँधी ठोक्किएपछि उत्तरी गोलार्धकाे आकाश रङ्गिन देखियो
- जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
- सार्वजनिक ऋण व्यवस्थापनको सकस
- सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
- कम्पनीको नाम राख्दा के ध्यान दिने ?
- विवादमा तानिएका राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालद्धारा राजीनामा
- सरकार अपराधकर्मीका ‘वासिङ मेसिन’ बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया