Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारझण्डै १४ अंकले घट्दा तीन अर्ब ९९ करोडको सेयर खरिदबिक्री

झण्डै १४ अंकले घट्दा तीन अर्ब ९९ करोडको सेयर खरिदबिक्री


काठमाडौ ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन ९२ अंकले उकालो लागेको बजार परिसूचक साताको चौथो कारोबार दिन बुुधबार १३ दशमलव ७९ अंंकले ओरालो लागेर २५ सय ८५ दशमलव २८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव १६ अंकले ओरालो लागेर चार सय ६५ दशमलव ११ अंकमा झरेको छ ।

यसदिन १३ वटा उपसमूहअन्तर्गत दुई सय १५ वटा कम्पनीहरूको सेयर किनबेच भएका छन् । जसबाट ४६ हजार नौ सय ५९ पटकको कारोबारमा ८९ लाख ६५ हजार पाँच सय ८८ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट यसदिन कुुल कारोबार रकम तीन अर्ब ९९ करोड चार लाख ३१ हजार दुुई सय ३६ रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये तीनवटा उपसमूहको सूचक उकालो लागेका छन् भने बाँकी उपसमूहको सूचक ओरालो लागेका छन् ।

सोमध्ये टे«डिङ, उत्पादनमूलक र अन्य समूहको सूचकहरू क्रमशः नौ दशमलव १५, ५४ दशमलव ६५ र १७ दशमलव ७१ अंकले उकालो लागेर क्रमशः तीन हजार छ सय ३४ दशमलव ४९, पाँच हजार छ सय ३२ दशमलव २७ र १९ सय ९६ दशमलव १० अंकमा चढेका छन् भने बाँकी समूहको सूचक ओरालो लागेका छन् ।

जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक १४ दशमलव आठ अंकले ओरालो १७ सय ६६ दशमलव ६१ अंकमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि २४ दशमलव एक अंकले ओरालो लागेर २७ सय ९८ दशमलव ३४ अंकमा झरेको छ । जलविद्युुत् उपसमूहको सूचक पनि १८ दशमलव ८९ अंकले ओरालो लागेर दुई हजार चार सय ९५ दशमलव १३ अंकमा झरेकोमा लघुुवित्त उपसमूहको सूचक पनि ४६ दशमलव ४३ अंकले ओरालो लागेर पाँच हजार एक सय ७४ दशमलव १७ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय चार दशमलव ८४ अंकले ओरालो लागेर १२ हजार सात सय ९४ दशमलव ८८ अंकमा झरेकोमा जीवन बीमा उपसमूहको सूचक पनि एक सय ४९ दशमलव ११ अंंकले ओरालो लागेर १६ हजार सात सय ८१ दशमलव ६० अंकमा झरेको छ । यीबाहेक होटल तथा पर्यटन, फाइनान्स, सामूहिक लगानी कोष र लगानी समूहको सूचकहरू पनि क्रमशः १९ दशमलव ३२, १५ दशमलव ५३, शून्य दशमलव शून्य एक र शून्य एक अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको महिला लघुवित्त वित्तीय संस्थाको सेयर नौ दशमलव ९९ प्रतिशतले बढेर २८ सय ४१ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको विशाल बजार कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ९९ प्रतिशतल नै बढेर चार हजार छ सय ३६ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक नारायणी डेभलपमेन्ट बैंक, एनसीसी बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको पोखरा फाइनान्सको सेयर मूल्य छ दशमलव १५ प्रतिशतले घटेर दुई सय ९० रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको सिन्धुु विकास बैंकको प्रतिकित्ता सेयर मूल्य पनि चार दशमलव ५८ प्रतिशतले घटेर दुुई सय ५० रुपैयाँमा कारोबार भएको छ । यीबाहेक मितेरी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)को सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता तीन सय ४० रुपैयाँ अन्तिम मूल्यमा २८ करोड २८ लाख ८९ हजार नौ सय ५९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता आठ सय ३८ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ८७ लाख १६ हजार ४९ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया