Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिभर फल्स हाइड्रोपावरले साधारण सेयर जारी गर्ने

रिभर फल्स हाइड्रोपावरले साधारण सेयर जारी गर्ने


काठमाडौं । रिभलर फल्स हाइड्रोपावर कम्पनीले २७ करोड ३० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमार्फत यही वैशाख २८ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी २७ लाख ३० हजार साधारण सेयर जारी गर्न लागेको हो ।

छिटोमा यही जेठ चार गते र ढिलोमा यही जेठ ११ गते बन्द हुने साधारण सेयरको खरिदको लागि अधिकतम १० देखि एक लाख कित्तासम्मको सीमा तोकिएको छ ।

बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् ५४ हजार छ सय कित्ता सेयर कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी २५ लाख ३८ हजार नौ सय कित्ता सेयर सर्वसाधारणमा बिक्री हुनेछ ।अधिकृत पुँजी एक अर्ब र जारी पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी ३५ करोड ५० लाख रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x