Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंक बिर्तामोड शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंक बिर्तामोड शाखा स्थानान्तरण


काठमाडौँ । महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करिब दुई सय मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ । मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्तरूपमा यस बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग वाणिज्यसँगका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका हुन् । शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरूबारे प्रकाश पारे । उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्यरूपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । यस शाखाबाट ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक भरत प्रसाद खतिवडाले जनाएका छन् ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखामार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार


तपाईको प्रतिक्रिया