Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकद्वारा १६औँ शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा १६औँ शाखारहित बैंकिङ सेवा सञ्चालन


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा असार १० गते शुक्रबारबाट कैलाली जिल्लाको जानकी गापा वडा नं. ०५ को अमौरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

जानकी गापा वडा नं ०५ अमौरास्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) लाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०५ का वडा अध्यक्ष श्री भिमबहादुर चौधरीले उक्त शाखारहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा नं. ०५ का अन्य जनप्रतिनिधिहरू, व्यावसायिक प्रतिनिधि, स्थानीयका साथै बैंकका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरू प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x