Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआमाद्वारा सानो–सानो रूपमा बचत गरी जम्मा भएको रकमबाट छोरीज्वाइँलाई बीमा कोसेली

आमाद्वारा सानो–सानो रूपमा बचत गरी जम्मा भएको रकमबाट छोरीज्वाइँलाई बीमा कोसेली


काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहना सदैव आमाबुबाले राखेका हुन्छन् । उनीहरूको पालनपोषन, शिक्षादीक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ ।

छोराछोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफूले सानो–सानो रूपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरीज्वाइँलाई उपहारस्वरूप जीवन बीमा गरिदिएकी छिन् । जीवनमा आई पर्नसक्ने जोखिम वहन र बचत पनि होस् भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरीज्वाइँ, पुजा रेग्मी र सुझाव आचार्यको जीवन सुखमय होस् भन्ने कामनासहित बीमा गरिदिएकी हुन् ।

कम्पनीको कुश्मा शाखाबाट जारी गरिएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवजसहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम वहन पनि हुने हुँदा सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । हाँसीखेली घुमेको माइतीघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेलीस्वरूप आफ्ना छोरी र ज्वाइँ दुवैको बीमा गरिदिएको कुरा उनले व्यक्त गरे ।

बीमाले जोखिम वहन गर्नुका साथै भविष्यको लागि बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्वप्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वसत रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्तीपक्षले बताएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x