Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी बीमाको पुल प्रणाली खारेज

वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी बीमाको पुल प्रणाली खारेज


काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको म्यादी बीमाको पुल प्रणाली खारेज भएको छ । बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिको अनुसार म्यादी बीमामा पुल प्रणाली खारेज गर्दै यही साउन एक गतेदेखि बीमा कम्पनीहरूबाटै सेवा लिन सकिने गरी व्यवस्था गरेको समितिले जानकारी दिएको छ ।

यसअघि समितिले २०७५ माघ एक गतेदेखि वैदेशिक रोजगारीअन्तर्गतको म्यादी बीमा पुल प्रणालीमार्फत गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यो व्यवस्थामा कार्यगत जटिलता रहेको भन्दै यसलाई खारेज गरिएको समितिले जानकारी दिएको छ । यो व्यवस्थाको खारेजीपछि पुल प्रणाली बन्द गर्न र यसअघि जारी भएका सम्पूर्ण बीमालेखहरूको दायित्व सकिएपछिपश्चात् पुल स्वतः खारेज हुने समितिले जानकारी दिएको छ । खारेजीपश्चात् आगामी आर्थिक वर्षको सुरुवात अर्थात् यही साउन एक गतेदेखि नै सबै जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी गर्न सक्ने र यसको लागि अनलाइन प्रणाली उपयोग गर्न सकिने समितिले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया