Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफ इन्स्योरेन्स ३६औँ वर्षमा

नेशनल लाइफ इन्स्योरेन्स ३६औँ वर्षमा


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३५औँ वर्ष पूरा गरी ३६औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरूको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बाल र वृद्ध आश्रमहरूमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसैगरी कर्मचारीहरूमाझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रूपमा स्थापित कम्पनीले विगत वर्षसरह चालू वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीले सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारणसभा सम्पन्न गरी सकेको अवस्था छ । कम्पनीको जीवन बीमा कोषमा ५६ अर्बको हाराहारीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७/०७८ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरूलाई उत्कृष्ट बोनसदर प्रदान गर्दै आएको छ । आव २०७७/०७८ को बीमांकीय मूल्यांकनपश्चात् बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको जानकारी गराउछौँ । कम्पनीले चालू वर्षमा शाखा कार्यालय नेपालगञ्जमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ । एक सय १७ शाखा कार्यालय संख्या र चार सय ६० कर्मचारी संख्या रहेको यस कम्पनीमा एक लाखभन्दा बढी अभिकर्ता कार्यरत छन् ।

कम्पनीले स्थापनाकालदेखि २०७९ साल पौष मसान्तसम्म कुल बीमाशुल्क आम्दानी ८५ अर्ब एक करोड आर्जन गरेको छ भने कुल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ र कुल २९ अर्ब ६० करोडबराबर बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले व्यावसायिकता, प्रविधिमैत्री पारदर्शीता एवं विश्वसनीयतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया