कोरोनाको सङ्क्रमण घटेको हो कि परीक्षण ?

काठमाडौं ।
पछिल्लो समयका केही दिन कोरोना सङ्क्रमितको संख्या घटेको देखिएको छ । तर सङ्क्रमण दर घटेको हो कि परीक्षण नै कम गरिएको भन्ने कुरा प्रस्ट भएको छैन ? सङ्क्रमण दर घटेको हो भने यो एउटा सुखद् पक्ष हो तर परीक्षणको दर नै घटाएर यो आँकडा प्रस्तुत गरिएको हो भने यसको नकरात्मक प्रभाव झनै बढ्ने देखिन्छ । गएको कात्तिक महिनादेखि सरकारले कोरोनाको परीक्षण, उपचार र मृत्युपछिको व्यवस्थापन सबै कुराबाट हात झिकेको छ ।
पछिल्लो समय सङ्क्रमण दर घटेको भन्दै निजी अस्पतालतर्फ कोरोनाको उपचारबाट सरकार पछि हटेर सरकारी अस्पतालमा मात्र सीमित रहेको सूचना जारी गरेको छ । यसका अतिरिक्त देशमा अहिले कोरोनाको कहर नै नभएजस्तो गरी गतिविधि सञ्चालित छन् । पहिले कोरोनाको कारण संसद्को बैठक बसाउन खतरा भएको भन्दै अधिवेशन अन्त्य गर्ने सरकारले पछिल्लो समय संसद् नै भङ्ग गरिदिएको छ । यसैका कारण दिनहुँ हजारौंको संख्याका मानिहरू सडकमा छन् । यसमा विपक्षी मात्र होइन स्वयम् सरकार पनि सडकमा नै छ ।
पहिले सरकारको परीक्षण दर उच्च थियो । करिब दिनमा २० हजारसम्मको परीक्षण भएको थियो र एकैदिन पाँच हजार जनासम्ममा सङ्क्रमण देखिएको थियो । पछिल्लो समय परीक्षण र सङ्क्रमण दर दुवै घटेको अवस्था छ । अहिले दैनिक औसत छ सय जनामा सङ्क्रमण देखिएको छ र यता परीक्षण पनि पाँच हजारको हाराहारीमा आएको छ । अहिले पनि पाँच हजारको परीक्षणमा सात÷आठ सयको दरमा सङ्क्रमित भेटिएको अवस्था छ ।
यदि २० हजारको परीक्षण गरिने हो भने अहिले पनि तीनदेखि चार हजारको संख्याको सङ्क्रमित भेटिने सम्भावना छ । निश्चय पनि सङ्क्रमणको दर बढेको भन्दा घटेको अवस्था राम्रो हो तर दर घट्ने काम प्राविधिक भैदियो भने त्यो झनै डरलग्दो हुन जान्छ । पहिले कुनै एक जनामा कोरोना सङ्क्रमण भेटियो भने सरकारले त्यसवरिपरिका र उसको सम्पर्कमा रहेका सबैको परीक्षण गराउँथ्यो । अहिले त्यस्तो छैन ।
एकातिर होम आइसोलेसनमा बसेको र अर्कोतर्फ त्यस्तो बिरामीका बारे सरकारमा कुनै दायित्व नरहने भएपछि यस्तो संख्या सरकारको रेकर्डमा नै नआएका हो । कोरोनाको अवस्था बुझ्ने विश्वव्यापी मान्यता हो, कन्ट्याक्ट ट्रेसिङको कार्यलाई झन तीव्रता बनाउनु । त्यसपछि मात्रै यो घटेको हो कि बढेको भन्ने ठाउँ रहन्छ । तर यता सरकारले कन्ट्याक्ट ट्रेसिङको कार्यलाई स्थगन गरेको तीन महिना पुगेको छ । यसले नै स्थितिलाई अन्यौलपूर्ण बनाएको हो ।
पछिल्लो समय मृत्युदर पनि घटेको देखिएको छ । तर यो पनि कतै प्राविधिक कारणले नै घट्न गएको हो कि भन्ने प्रश्न उब्जिएको छ । कुनै बेला एकैदिनमा २६ जनासम्मको मृत्यु भएको तथ्यांक छ । पछिल्लो हप्ताको एक दिन ७ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यसमा जनस्वास्थ्यविद्हरूको अनुमान सरकारी तथ्यांकसँग मेल खाँदैन । उनीहरू भन्छन्– ‘मृतकको वास्तविक संख्या बढी रहेको हुन सक्तछ ।’
पहिले जे कारणले मृत्यु भए पनि स्वाब परीक्षण गरिन्थ्यो र मृतकको संख्या बढी देखिन्थ्यो । तर अहिले होम आइसोलेसन र अस्पतालमा अन्य कारणले मृत्यु भए पनि स्वाब परीक्षण गरिँदैन । त्यसकारण पनि कोरोनाकै कारणले मृत्यु भइहाले पनि गणनामा नपरेको हुन सक्छ । परीक्षण, सङ्क्रमण दर घटेको र मृत्युदर पनि घटेको भन्ने विवरणमा सरकारले स्पष्ट पार्नुपर्छ । त्यसो भएन भने स्थिति झनै गम्भीर हुने निश्चित छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया