Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसेयरबजार कतैबाट प्रभावित नहोस्

सेयरबजार कतैबाट प्रभावित नहोस्


नेपालको सेयरबजार अस्थिर रहेको छ । त्यही कारण पनि हुुनसक्छ, सेयरबजारलाई जुवाको संज्ञा दिने राजनीतिक र सरकारी निकाय पनि यही नै रहेको छ । यसैले गर्दा पनि हुुनसक्छ नेपालको सेयरबजार विना आधार घट्न र बढ्न सक्छ । सेयरबजारसँग सम्बन्धित सरकारी अधिकारीहरुको बोलीकै कारण सेयरबजारमा उतारचढाव देखिने गर्छ । अर्कोतर्फ यही उतारचढावलाई सूक्ष्मरुपमा अध्ययन नै नगरी नै लगानी गर्नुु सोझासाझा लगानीकर्ताहरु पनि यही नै रहेका छन् ।

यी लगानीकर्ताहरु जो सेयरबजारमा बारेका खासै जानकारी छैन र विगतमा सेयरबजारमा लगानी गरेर लाखौँ रुपैयाँ कमाएकाहरुलाई हेरेर लगानी गर्न हौसिएका हुन्छन् । उनीहरुलाई सेयरबजारमा लगानी गर्न उत्साहित गर्ने पनि केही टाठाबाठा, ठूला भनिएका लगानीकर्ताहरु नै हुुन् । उनीहरुले जहिले पनि आफूले सेयर बेच्ने बेलामा सरकारी निकाय, राजनीतिक तह, सञ्चारमाध्यमलगायतका विभिन्न माध्यमबाट सेयरबजारबारे सकारात्मक तथ्यहरु सम्प्रेषण गर्ने र वा गर्न लगााउने गर्छन् । त्यसकै आधारमा सेयरबजार बढ्ने गर्छ । त्यो समूहले सेयरबजार बढेको बेलामा विगतमा कम मूल्यमा किनेको सबै सेयर बिक्री गर्छ र लाखौँ रुपैैयाँ नाफा कमाउँछ । फेरि त्यही समय आफूले महंगो मूल्यमा हिजोको दिनमा बेचेको सेयर सस्तो मूल्यमा बजारबाट उठाउन अनेको तानाबाना बुुनेर सेयरबजारलाई भ्रमित पार्न खोज्छ । हिजोका दिनमा जुुन–जुुन माध्यमहरु प्रयोग गरेर सेयरबजारबारे सकारात्मक तथ्यहरु प्रवाह गरेको थियो । त्यो समूह फेरि तिनै माध्यमहरु प्रयोग गरेर सेयरबजारको बारेमा भ्रम फैलाउन सक्रिय हुन्छ ।

आम सर्वसाधारण लगानीकर्ताहरु भने तिनै समूहको प्रभावमा पार्छन् । हिजो दिनको सेयरबजार बढेको भन्दै महंगो मूल्यमा किनेको सेयर अझै घट्ने हो कि भनेर घाटा खाएर भए पनि बेच्न तयार हुुन्छन् । सर्वसाधारण लगानीकर्ताहरुको सेयर खरिद गर्ने लगानीकर्ताहरु पनि ठूला लगानीकर्ता भनिँदै आएका तिनै व्यक्ति तथा समूह हुन्छन् । जसको नियन्त्रणमा नेपालको सेयरबजार रहेको छ । वास्तवमा नेपालको सेयरबजार यसरी नै चलेको छ । त्यही कारण जिगतमा १९ सय अंकको हाराहारीमा पुुगेको सेयरबजार घट्दै बढ्दै अनि फेरि बढ्दै घट्दै अहिले १३ सय अंकको वरिपरि घुुमेको छ । वास्तवमा सेयरबजार कुुनै पनि व्यक्ति वा समूहको नियन्त्रण वा प्रभावमा पर्नुुहुुँदैन । तर नेपालको सेयरबजारमा अहिलेसम्म त्यस्तो हुुन नसक्नुु दुुर्भाग्य हो । यो दुुर्भाग्य नहटेसम्म सेयरबजारमा सर्वसाधारण लगानीकर्ताहरुले कमाउन सक्ने आशा गर्न सकिँदैन । सेयरबजारमा सबैको लगानी सुनिश्चित गर्ने दायित्व सरकारको हो । सरकारले यसको लागि ठोस पहल गर्नुुपर्छ । विलम्ब गर्नुहुँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया