Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनयाँ प्रधानमन्त्रीबाट परिवर्तनको अपेक्षा

नयाँ प्रधानमन्त्रीबाट परिवर्तनको अपेक्षा


काठमाडौं । आमनिर्वाचन २०७९ बाट खडाएका निकायहरूले काम गर्न थालका छन् । गएको बिहीबार सांसदहरूको शपथ भयो भने आइतबार प्रधानमन्त्रीको नियुक्ति । सांसदको शपथ नलिई प्रधानमन्त्री नियुक्त गर्ने विगतको परम्परा पनि यो पटक तोडियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नवनियुक्त प्रधानमन्त्री हुन् । उनले पहिले संसद्को शपथ खाए र त्यसपछि प्रधानमन्त्रीको । यो परम्परा अब सधैँका लागि कामय रहनुपर्छ । संविधानले संसद्को सदस्यलाई मात्र प्रधानमन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । अघिल्लो पटक त्यसको पालना भएको थिएन । यो पटक जे सुरुवात भयो त्यो संविधानअनुकूलकै भएको छ अतः अबका प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दैनन् भन्ने अपेक्षा गर्नुपर्छ । त्यसको सङ्केत पनि हो यो ।

अघिल्लो पटक संविधानको पालनाका सन्दर्भमा अनुभव सकारात्मक छैनन् । दुई पटक त संसद् नै विघटनमा प-यो । तत्कालीन प्रधानमन्त्रीबाट भएको त्यो काम संविधानसम्मत थिएन भनेर त अदालतले नै भनिदियो । दुई पटक विघटन हुँदा दुवै पटकका अदालती व्याख्या त्यस्तै रहे । प्रधानमन्त्रीले नै असंवैधानिक काम गर्छन् भने अरु निकायको हालत के होला भन्ने प्रश्न उठ्छ नै ।

अब यस्तो हुनुहुन्न ।
अहिलेको सरकार हालैको निर्वाचनबाट प्रकट भएको जनमतअनुसारको हो । यो निर्वाचनले परिवर्तनका सूत्रहरू मागेको छ । देशमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि अवस्थामा परिवर्तन आउन सकेको थिएन । त्यसका उदाहरण थुप्रै छन् । खासगरी ३० वर्षअघि देशमा जे समस्या थियो अहिले पनि त्यही छन् । खासगरी आर्थिकरूपमा कुनै परिवर्तन आउन सकेको छैन । अहिलेका प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ स्वयमले ठाउँ–ठाउँमा यो कुरा भन्दै आएका पाइन्छ । यतिबेला देश विगतभन्दा पनि आर्थिक सङ्कटको अवस्थामा छ । त्यसले नागरिकमा थप कष्ट दिने भयो नै यस्तो बेला आएको नयाँ सरकारसँग यथास्थितिमा परिवर्तनको अपेक्षा गर्नु स्वाभाविक हो ।

यद्यपि अहिलको प्रधानमन्त्रीको पनि यो तेस्रो पटक हो । हामीकहाँ एउटा रोगजस्तै भयो बढी पटक प्रधानमन्त्री हुने भन्ने । यसअघिका प्रधानमन्त्री पाँचौँ पटकका थिए । छैटौँ पटक प्रधानमन्त्री हुनका लागि दलबाट समेत निर्वाचित भएका थिए । स्थिति अन्यत्र मोडियो । फरक त्यति मात्र हो । अहिले आलोपालो गर्ने भनिएको छ । यसपछि आउने प्रधानमन्त्री पनि पटक थप्ने क्रममा नै रहेका स्थिति छ ।

पटक–पटक बनून् तर त्यसले देश र दुनियाँका लागि भलो हुने काम गरुन् । अहिलेको अपेक्षा यही हो । अहिलेका प्रधानमन्त्रीको चुनावी भाषण सम्झँदा त्योअनुसार काम गरिए देशले केही पाउने छ नै । खासगरी ती भाषणमा आर्थिक क्रान्ति गर्ने, विकासमा फड्को मार्ने, सेवाप्रवाहमा व्यापक परिवर्तन ल्याउने भन्ने थिए । ती कुरा पूरा हुनुपर्छ । नयाँ प्रधानमन्त्रीसँग खोजिएका कुरा यिनै हुन् । आफ्ना चुनावी घोषणाको कार्यान्वयन इमान्दारितापूर्वक गरिए पनि देशले धेरै कुरा पाउनेछ । अहिलेसम्मको मान्यतामा घोषणापत्र चुनावका लागि मात्र हुन् भन्ने छ । यसमा पनि परिवर्तन आउन जरुरी छ । कार्यकालको सफलताका लागि शुभकामनासहित ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x