Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंक्रमण परीक्षणमा खेलवाड नहोस्

संक्रमण परीक्षणमा खेलवाड नहोस्


काठमाण्डौं,चैत २५
सरकारले सुदूर र पश्चिमका केही जिल्लामा ¥यापिड टेस्ट गर्ने भनी निर्णय गरेपछि थाहा भयो, त्यसका लागि पहिले त कीटकै परीक्षण भैसकेको रहेनछ । सरकारले आघिल्लो हप्ता अर्थात् चैत्र १६ मा चीनबाट ७५ थान कीट ल्याएको थियो, प्रतिथान आठ डलरका दरले । त्यो कीट काम लाग्ने हो कि होइन भन्ने अझै परीक्षण भैसकोको रहेनछ । यो कीट राजधानी अवतरण हँुदा नै पश्चिमा देशले गुणस्तर नभएको भनी फर्काइदिएका कुरा जानकारीमा आएको थियो । त्यसै भएर अरु वस्तुजस्तो यसलाई सरकारले तत्कालै वितरणमा ल्याएको थिएन । त्यसलाई अनुसन्धानमा नै राखिएको भनी बताइएको थियो । पछिल्लो समय एकै दिन तीन जनाको अवस्था पोजेटिभ पाइएपछि यी क्षेत्रमा स्थिति भयावह हुने ठानेर यस्तो परीक्षण गर्ने भनी निर्णय भएर काम थाल्ल्न लाग्दा यसको परीक्षण नै नभएको भन्ने विवरण बाहिर आएको हो । यसले सरकारले ल्याएका औषधि उपकरण कस्ता रहेछन भन्ने एक पटक फेरि पोल खुलेको छ ।

जानकार सूत्रका अनुसार सात करोडभन्दा बढी रूपैयाँ खर्चेर ल्याएको ¥यापिड टेस्टिङ कीटको परीक्षण अब मानिसमा हुने भएको छ । यो कीट गुणस्तरको भए यसले १५ मिनेटमै कोरोना भाइस (कोभिड(१९)को नतिजा दिन सक्छ, जसले एउटा ठूलो संकटबाट मुक्ति पाउन पनि सकिन्छ । त्यसकारण यो नकारात्मक पक्षको मात्र होइन सकारात्मकतर्फको पनि एउटा खुड्किलो हुनुपर्छ । १५ मिनेटमा परिणाम बताउने अवस्थाले शंका लागेका जतिमा परीक्षण गर्ने अवसर पाइन्छ र प्रारम्भमै सतर्कताका पूर्वतयारीहरू सुरु हुन्छन् । यो भनेको प्रकोप विस्तारका लागि धेरै नै ठूलो अवरोधको अवस्था हो । त्यसकारण यस्तो काम आवश्यक छ नै । अझ बढी जोखिम मानिएको क्षेत्रमा त यस्तो परीक्षण भनेको वरदानकै रूपमा लिनुपर्छ । तर, यसको गुणस्तरमा नै प्रश्न नठेपछि यसले दिने नतिजाको विश्वसनीयतामाथि भर पर्ने अवस्था के–कति मात्रामा होला भन्ने आफैँ अर्को प्रश्न बन्छ । परीक्षणको यो कीट आयात गरेकै क्षणमा यसको गुणस्तर हेरिएको भए यतिबेला मानवको स्वास्थ्य अवस्थालाई नै दाउमा राखेर यस्तो परीक्षण गरिहनुपर्ने थिएन होला । यतिबेला विज्ञहरूले त यसबाट हुने परीक्षण भरपर्दो हुन नसक्ने भनी जवाफ दिएका बताइएको छ । त्यसैकारण होला सरकारले पहिले यो ठीक छ कि छैन भनेर जाँच गर्न लागेको हुनुपर्छ । तर, जाँच गर्ने तरिका पीडित मानवमाथि गरिनुचाहिँ के–कति सही हो भन्ने सरकारले जवाफ दिनुपर्छ ।

बताइएअनुसार सुरूमा यसको गुणस्तर राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्बाट भैरहेको थियो । जब यसलाई प्रयोगमा ल्याउनुपर्ने भयो त्यसपछि फेरि त्यो जिम्मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिइएको बुझिन्छ र यो प्रयोगशालाले शंकाका घेरामा रहेका मानिसको सेम्पल मगाएर गर्दै रहेको बताइएको छ छ । यिनै अधिकारी वा विज्ञका अनुसार चीनबाट ल्याइएका यी कीटको ८४ प्रतिशत मात्रै सेन्सिटिभिटी हुन्छ । त्यो भनेको सय जनाको पोजेटिभ संक्रमितको जाँच गर्दा ८४ जनाको मात्र पोजेटिभ देखाउन सक्छ । त्यही एकिन गर्न प्रयोगशालामा पुनः परीक्षण गरिने भएको भनाइ आयो । स्वाभाविक छ, सही नजाँचे पनि पोजेटिभ आयो भने एकप्रकारले धेरै ठूलो नोक्सानी नहोला, सम्बन्धित एउटा बिरामीको अवस्थाबाहेक तर पोजेटिभलाई नेगेटिभ देखायो भने के होला ? यतिबेलाको महत्वपूर्ण र डरलाग्दो प्रश्न हो यो । ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया