Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाविरुद्ध खोप पत्ता लगाउन १ अर्ब युरो दिइने

कोरोनाविरुद्ध खोप पत्ता लगाउन १ अर्ब युरो दिइने


ब्रसेल्स, वैशाख २३
युरोपेली आयोगले सोमबार कोरोनाविरुद्ध खोप पत्ता लगाउन १ अर्ब युरो दिने घोषणा गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भानडेर लेले विश्वव्यापी रुपमा खोप आविष्कार र कोरोनाभाइरस संक्रमणविरुद्धको उपचारका लागि उक्त रकम दिने प्रतिबद्धता जनाएकी हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यसविरुद्धको खोप या उपचार विश्वका सबैले पाउनुपर्ने धारणा राखेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही वर्षको अन्त्यसम्ममा खोप विकास गरिसक्ने दाबी गरेका छन् । हाल विश्वका विभिन्न विकसित देशले खोपको परीक्षण गरिरहेका छन् । जसमध्ये केही चर्चित विश्वविद्यालय पनि लागेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया