Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको ग्वाङ्जाउमा १३४औँ क्यान्टन फेयर सुरु

चीनको ग्वाङ्जाउमा १३४औँ क्यान्टन फेयर सुरु


चीन । चीनको दक्षिणी गुआङ्दोङ प्रान्तको राजधानी ग्वाङजाउमा आइतबारदेखि चीन आयात तथा निर्यात मेलाको १३४औँ सत्र सुरु भएको छ । यसलाई क्यान्टन फेयर पनि भनिन्छ ।

मेला आगामी नोभेम्बर ४ सम्म चल्ने मेलाका प्रवत्ता सु बिङले बताएका छन् । मेलाले विश्वभरका खरिदकर्तालाई आकर्षित गरेको बताउँदै उनले मेलाका लागि दुई सयभन्दा बढी र क्षेत्रका एक लाखभन्दा बढी खरिदकर्ताले दर्ता गरेको जानकारी दिए ।
मेलाको अनलाइन प्लेटफर्मले प्रदर्शक तथा खरिदकर्ता दुवैका लागि सेवा प्रदान गरिरहेको उनको भनाइ छ । अघिल्लो संस्करणको तुलनामा यस सत्रका लागि प्रदर्शनी क्षेत्र ५० हजार वर्गमिटर विस्तार गरिएको र प्रदर्शनी बुथहरूको संख्या पनि चार हजार छ सयले वृद्धि हुने बताइएको छ ।

मेलामा ४३ देश र क्षेत्रका छ सय ५० उद्यमीसहित २८ हजारभन्दा बढी प्रदर्शकहरुले भाग लिने आयोजकले बताएको छ । सन् १९५७ मा सुरु भएको मेला चीनको वैदेशिक व्यापारको प्रमुख उपायका रूपमा स्थापित भएको छ । मेला वर्षको दुई पटक लाग्ने गर्दछ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया