Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविपत्ले ३० वर्षमा झण्डै चार ट्रिलियन अमेरिकी डलरको क्षति

विपत्ले ३० वर्षमा झण्डै चार ट्रिलियन अमेरिकी डलरको क्षति


न्यूयोर्क । विपत्का कारण पछिल्लो ३० वर्षमा तीन दशमलव आठ ट्रिलियन अमेरिकी डलरबराबरको बाली र पशुधनको क्षति भएको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले जारी गरेको प्रतिवेदनले यस्तो पुष्टि गरेको हो ।

‘कृषि र खाद्य सुरक्षामा प्रकोपको प्रभाव’सम्बन्धी सो प्रतिवेदनले बाली र पशुधनमा केन्द्रित रहेर विश्वव्यापी तथ्यांकहरु प्रस्तुत गरेको छ । प्रतिवेदनले माछापालन, जलस्रोत र वन क्षेत्रमा भएको नोक्सानीको पनि तथ्यांक उपलब्ध भएमा क्षतिको आँकडा अझै बढेर जाने उल्लेख गरेको छ । संयुक्त राष्ट्र संघले सबै तहमा नीति तथा कार्यक्रममार्फत बुहक्षेत्रीय र बहुजोखिम विपत् न्यूनीकरणमा लगानी बढाउन सुझाव दिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया