इसरोले कात्तिक ४ मा पहिलो गगनयान परीक्षण वाहन मिसन सञ्चालन गर्ने
भारत । इसरो प्रमुख डा एस सोमनाथले भारतीय अन्तरिक्षा यात्री परियोजना गगनयानको हिस्साका रूपमा ‘टिभी–डी१’ (टेस्ट डेभलपमेन्ट फ्लाइट १) को पहिलो परीक्षण उडान कात्तिक ४ (अक्टोबर २१)मा हुने बताएका छन् ।
उनका अनुसार डी१ को उडानपछि यस्तै प्रकृतिका कम्तीमा तीनवटा परीक्षण गरिनेछ । आगामी वर्षको अन्त्यमा मानव अन्तरिक्ष उडानका क्रममा भारतीय अन्तरिक्षा यात्रीहरूलाई राख्ने क्रु मोड्युलको परीक्षण गर्नका लागि टिभी–डी१ को परीक्षण उडान आन्ध्र प्रदेशको श्रीहरिकोटामा सतीश धवन अन्तरिक्षा केन्द्रबाट गरिनेछ ।
‘टिभी–डी१ मिसन अक्टोबर २१ का लागि निर्धारण गरिएको छ, यो गगनयान कार्यक्रम हो, गगनयान कार्यक्रमका लागि क्रु इस्केप सिस्टमको प्रदर्शन र परीक्षणको आवश्यकता छ, गगनयान कार्यक्रममा क्रु इस्केप सिस्टम धेरै महत्वपूर्ण छ’, इसरो प्रमुख सोमनाथले मदुराईमा पत्रकारहरूसँग भने ।
टिभी–डी१ परीक्षण उडानमा क्रु मोड्युललाई बाह्य अन्तरिक्षमा प्रक्षेपण गर्ने, त्यसलाई पुनः पृथ्वीमा फर्काउने र बङ्गालको खाडीमा टचडाउनपछि पुनः प्राप्ति गर्ने कार्यक्रम समावेश छ ।
‘त्यसैले क्रु इस्केप सिस्टम प्रदर्शन गर्ने उक्त उडानको एक अवस्था हो, हामीले देखाउने यो अवस्थालाई ट्रान्सोनिक अवस्था भनिन्छ, प्रत्येक महिना हामी कम्तीमा एउटा उडान गर्नेछौँ, टिभी–डी१ को परीक्षण उडानपछि हामीसँग जीएसएलएभ र एसएसएलएभ हुनेछ । त्यसपछि मानवरहित गगनयान मिसन सुरु हुनेछ, योबीचमा पीएसएलएभ उडान हुनेछ, त्यसैले जनवरीअघि तपाईँले कम्तीमा चारदेखि पाँचवटा उडान देख्नुहुनेछ’, सोमनाथले भने । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया