बेल्ट एण्ड रोड फोरमका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अक्टोबर १७ र १८ तारिखमा हुने तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेशन’ (बीआरएफआईसी)मा सहभागी हुन बेइजिङ पुगेका छन् । उनी चिनियाँ राष्ट्रपति सि चिनफिङको निमन्त्रणमा आज बिहान(मंगलबार) बेइजिङ पुगेका हुन् ।
उक्त फोरममा एक सय ३० देशका नेताहरूले बीआरएफआईसीअन्तर्गतका अन्तर्राष्ट्रिय परियोजनाहरूमा छलफल गर्नेछन् । यद्यपि इजराइल र हमास युद्धका कारण यो बैठक ओझेलमा पर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको विश्लेषण छ ।
त्यसैगरी, हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी नेतालाई युक्रेनबाट अवैधरूपमा बालबालिकालाई देश निकाला गरेको आरोप लगाउँदै गत मार्चमा पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेपछि उनको यो नै पहिलो भ्रमण हो । चीन आईसीसीको सदस्य भएका एक सय २३ देशमध्ये होइन ।
यस महिनाको सुरुमा पुटिनले किर्गिस्तानको भ्रमण गरे तर यस वर्ष उनले भ्रमण गरेका पूर्व सोभियत गणतन्त्र देशहरू बाहेक चीन नै पहिलो हो । किर्गिस्तान पनि आईसीसीको सदस्य राष्ट्र होइन । युक्रेनमा युद्ध जारी रहेको समयमा बेइजिङले मस्कोसँग गरेको साझेदारीप्रति पश्चिमी देशहरूले आलोचना गरिरहेका छन् । तथापी चीनले आफ्नो देश जुनसुकै देशसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ ।
मस्कोले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्णरूपमा आक्रमण सुरु गरेदेखि छिमेकी चीन र रसियाबीच व्यापार विस्तार भएको छ । बेइजिङले रुसी तेल आयात गरेपछि अन्य देशहरूले रुसी आयातमा प्रतिबन्ध लगाएका थिए । राष्ट्रपति सि र पुटिनबिच पछिल्लो पटक यसै वर्षको मार्चमा रुसमा भेट भएको थियो । –एजेन्सी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया