युक्रेनी बालबालिकालाई फिर्ता गर्न रुस सहमत
दोहा । मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि रूस लगिएका चार जना युक्रेनी बालबालिकालाई कतारको मध्यस्थतापछि आफन्तसँग पुनर्मिलन गराइने भएको छ ।
हजारौँ युक्रेनी बालबालिकालाई कब्जामा रहेको इलाकाबाट रूस ल्याएको आरोप रूसमाथि लाग्दै आएको छ । दुईदेखि १७ वर्ष उमेर समूहका ती बालबालिका मस्कोस्थित कतारी दूतावासमा बस्दै आएका छन् भने दोहाले रूसी र युक्रेनी अधिकारीबीच मध्यस्थता गरेको एक कूटनीतिज्ञले जानकारी दिए ।
तीमध्ये एक बालकको आमालाई रूसमा हिरासतमा राखिएको छ र अर्काे बच्चा जसले युद्ध सुरु हुँदा रूसको अस्पतालमा छँदा आफ्नी आमासँग सम्पर्क टुटेको थियो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बाल अधिकार आयुक्त मारिया–ल्भोभा बेलोभाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
नाम नबताउने शर्तमा ती कूटनीतिज्ञले भने, ‘युक्रेनी र रूसी दुवै मुलुकका अधिकारीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई युक्रेन फिर्ता हुन सहयोग गरिरहेका छन् ।’
नाबालिगहरू, रूसमा उनीहरूको परिवारबाट अलग भएको समयमा, रूसी सरकारले प्रासङ्गिक हेरचाह र उपचार प्रदान गरेको थियो । चारै जना कतार, इस्टोनिया, पोल्याण्ड, लातभिया र लिथुआनियालगायत तेस्रो मुलुक हुँदै युक्रेन जान लागेका हुन् ।
कतारले ती बालबालिकाको स्वदेश फिर्तीलाई ‘सकारात्मक कदम र युक्रेनी र रूसी सरकारबीचको सद्भावको संकेत’ भनेको छ । अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री लोलवाह अल खातेरले एक विज्ञप्तिमा भने, ‘हामीले बुझेका छौँ, आजको सफलता पहिलो कदम मात्र हो, तर यस प्रक्रियामा दुवै पक्षले देखाएको प्रतिबद्धता र खुलापनबाट हामी उत्साहित छौं ।’
उनले भने, ‘हामी आशा गर्दछौं कि तनाव कम गर्न र दुई पक्षबीच विश्वास निर्माण गर्ने उद्देश्यले थप पहलहरू हुनेछन् ।’ रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया