एडीबीद्वारा बंगलादेशलाई सात करोड डलर सहयोग
मनिला । एसियाली विकास बैंक (एडीबी)ले बंगलादेशमा जलस्रोत व्यवस्थापन (बाढी नियन्त्रण तथा सिँचाइ)का लागि सात करोड १० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
गोपालगञ्ज र मदारीपुर जिल्लाका ग्रामीण समुदायमा यस परियोजनाले जलवायु परिवर्तनको प्रभावका लागि उनीहरूको तयारी र लचिलोपनलाई बलियो बनाउने बैंकले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
विश्वव्यापी जलवायु परिवर्तन प्रभाव सूचकांकको आधारमा बंगलादेश जलवायु जोखिमको सातौँ स्थानमा छ । बंगलादेशले चरम मौसमी समस्या र जलवायु घटनाहरूको तीव्रताको सामना गरिरहेको बंकले जनाएको छ ।
यस परियोजनाअन्तर्गत छ लाखभन्दा बढी मानिसहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले जलवायु प्रभाव व्यवस्थापन, बाढी नियन्त्रण, जल निकासी र सिँचाइका उपायहरू अवलम्बन गर्ने एडीबीले जनाएको छ ।
एडीबीको सहयोगले आर्थिक वृद्धि र उत्पादकतालाई थप बढावा दिनेछ भने आय र दिगो जीविकोपार्जन बढाउनेछ । विशेष गरी महिला र कमजोर समूहहरूका लागि र दक्षिण–पश्चिम बंगलादेशको ग्रामीण क्षेत्रमा गरिबी घटाउने एडीबीका वरिष्ठ परियोजना व्यवस्थापन विशेषज्ञ पुष्कर श्रीवास्तवले बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार
- जानकी नवमी मिथिलामा धुमधामका साथ मनाइँदै
- प्रधानमन्त्रीद्वारा ऊर्जा क्षेत्रका आयोजनामा लगानी गर्न आह्वान
- बानेश्वरमा प्रतिपक्ष दलको बैठक सुरु
- कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिद्वारा उद्घाटन
- नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
- रोजाइअनुसार नेपाल टेलिकमका डाटा सेवाहरु उपलब्ध
- नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया