Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटिकटक नियन्त्रण गर्दै अमेरिका

टिकटक नियन्त्रण गर्दै अमेरिका


बेइजिङ । अमेरिकाले चिनियाँ छोटो भिडियो एप ‘टिकटक’ प्रतिबन्धसम्बन्धी एक विधेयक संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट पारित गरेको छ । विधेयकमा टिकटकले आफ्नो मूल कम्पनी, चिनियाँ टेक विशाल बाइटडान्सबाट अलग हुनुपर्ने वा राष्ट्रव्यापी प्रतिबन्धको सामना गर्नुपर्ने व्यववस्था रहेको बताइएको छ ।

तल्लो सदनका सभामुख माइक जोनसनले विधेयक पारित भएपछि संसद्भित्रका दलहरुबीचको एकताले चीनले अमेरिकीमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको बताएका छन् । यो विधेयक सिनेटबाट अनुमोदन हुन भने अझै बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसद्बाट पारित भएर आए आफू हस्ताक्षर गर्न तयार भएको बताइसकेका छन् ।

अमेरिकाले टिकटकलाई लक्षित गर्दै विधेयक ल्याएपछि चीनले नियन्त्रण रोक्न आग्रह गरेको छ । अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्ने चीनको आग्रह छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया