Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकैदिन झण्डै ७६ हजार संक्रमित भेटिए

भारतमा एकैदिन झण्डै ७६ हजार संक्रमित भेटिए


नयाँ दिल्ली, भदौ १२
भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ३३ लाख १० हजार २ सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म कुल ६० हजार चार सय ७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्यांक छ । तीमध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कुल संक्रमितमध्ये सात लाख २५ हजार नौ सय ९१ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार सात सय ७२ पुगेको जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x