Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपमा बोइङ ७३७ म्याक्सको परीक्षण उडान हुने

युरोपमा बोइङ ७३७ म्याक्सको परीक्षण उडान हुने


लन्डन, भदौ १२
युरोपेली हवाइ नियामकहरुले बोइङको अप्ठ्यारोमा परेको ७३७ म्याक्सको परीक्षण उडान तालिका निर्धारण गरेका छन् । दुईवटा दुर्घटनामा परेपछि विश्वभर ग्राउन्डेड भएका उक्त मोडलका जहाजमा प्राविधिक त्रुटि रहेको बताइएको थियो । कम्पनीले त्यसलाई सच्याइसकेको र पुनः उडानमा फर्किने अनुमति कुरिरहँदा युरोपमा विमानको परीक्षण उडान हुने भएको हो ।

युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (ईएएसए)ले आउँदो ७ सेप्टेम्बरको हप्तामा क्यानाडाको भ्यानकुवरमा परीक्षण उडान हुने बताएको छ । बोइङको यो मोडलको जहाज धेरै बिक्री भएको थियो । दुईवटा दुर्घटनामा ३ सय ४६ जनाले ज्यान गुमाएका थिए । अमेरिकी नियामकहरुले पनि यो मोडलका जहाजको परीक्षण उडान दुई महिनाअघि नै थालेका थिए । ईएएसएले अमेरिकी नियामक निकायले अनुमति दिँदैमा युरोपमा उडान गर्न पाइहाल्ने भन्ने नहुने स्पष्ट पारेको छ ।

युरोपेली संस्थाले बोइङ र अमेरिकी फेडेरल एभिएसन एडमिनिस्ट्रेसनसँग पनि यसबारे सहकार्य गरिरहेको जनाएको छ । नियामक निकायहरुले सुरक्षामा विश्वस्त अवस्थामा मात्रै म्याक्स विमानलाई उडान अनुमति दिनसकिने बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x